काठमाडौं– अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निवासमा एफबीआईले छापा मारेको समाचार आएको छ ।

विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पले एक विज्ञप्तिमा ठूलो संख्यामा एफबीआई एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएको जनाएका छन् ।

पूर्वराष्ट्रपति ट्रम्पले फ्लोरिडाको मार ए लागो रिसोर्टमा एफबिआईका एजेन्टहरु आएर छापा मारेको बताएको समाचारमा उल्लेख छ ।

उनीहरुले उनको घर नै नियन्त्रणमा लिएका छन् । एफबीआईको यो छापा उनी अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यका बारेमा अनुसन्धान गर्न सरकारी कागजात नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ ।

गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकोले त्यस विषयका लागि पनि यो छापा मारिएको अनुमान गरिएको छ ।
यस विषयमा संसदीय छानबिन जारी छ ।

एफबीआईले फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्वअमेरिकी राष्ट्रपति न्युयोर्कको ट्रम्प टावरमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय