काठमाडौं– धितोपत्रको दोस्रो बजारमा परिसूचकले नयाँ उचाइ कायम गरेको छ । केही हप्तायता लगातार उकालो लागिरहेको नेप्से सोमबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ३७.४८ बिन्दुले बढेर २५६१.४७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२८ ले उकालो लागेर ४६६.६० मा पुगेको छ । नेप्सेमा उच्च अंकको वृद्धिसँगै कारोबार रकममा समेत उच्च वृद्धि देखिएको छ । यस दिन २०६ कम्पनीको दुई करोड ११ हजार ५५५ कित्ता सेयर १० अर्ब ६१ करोड ९१ हजार ६३ हजार ८६९ रुपैयाँमा किनबेच भएको छ ।
सोमबारको कारोबारपछि बजार पुँजीकरण बढेर साढे ३४ खर्ब बराबर भएको छ । नेप्सेका अनुसार बजार पुँजीकरण ३४ खर्ब ५२ अर्ब ७५ करोड ८० लाख २५ हजार १२२ रुपैयाँ पुगेको छ । लगानीकर्ता बैंक, विकास बैंक र जीवन बिमाको सेयरमा लगानीकर्ता आकर्षित भएको सोमबारको कारोबारले देखाएको छ ।
कारोबार भएका १२ उपसमूहमध्ये पाँच उपसमूहको मूल्य ओरालो लाग्दा सात उपसमूहको उकालो लागेको छ । व्यापार ३.९६, जलविद्युत् १९.७३, निर्जीवन बिमा १३१.९२, उत्पादन ७४.८९ र लघुवित्त ३१.४२ बिन्दुले घटेको छ । यस्तै, बैंकिङ ६२.७२, होटल २८.८६, विकास बैंक ८६.४२, वित्त २२.६८, अन्य ९.६९, जीवन बिमा २११.३७ र सामूहिक लगानी कोष ०.१२ बिन्दुले बढेको छ ।
कारोबारका आधारमा सोमबार प्रभु बैंक शीर्ष स्थानमा छ । सो बैंकको ६२ करोड १३ लाख ५३ हजार १२९ बराबरको कारोबार भयो । यस्तै नेपाल लाइफ इन्स्योरेन्स ३३ करोड ७९ लाख ५६ हजार ८६३, नबिल बैंक ३३ करोड ४४ लाख ३४ हजार ५९७, डिप्रोक्स लघुवित्त ३३ करोड १२ लाख २९ हजार ९२७, ग्लोबल आइएमई बैंक २९ करोड ४२ लाख ३२ हजार ७७२, फस्ट माइक्रोफाइनान्स २७ करोड ८८ लाख ३४ हजार ७७५, नेपाल पुनर्बिमा कम्पनी २७ करोड ३९ लाख ९५ हजार ४३३, हिमालयन डिस्टिलरी २२ करोड ३२ लाख ८९८ र एनआइसी एसिया बैंक २० करोड ४८ लाख ९७ हजार १०८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा गरिमा विकास लघुवित्त ९.९२, प्रभु बैंक ९.१७, सनराइज बैंक ८.४५, माछापुच्छ्रे बैंक ८.३९, छ्याङदी हाइड्रो ७.७३, गरिमा विकास बैंक ७, सूर्योदय लघुवित्त ६.९९, नेपाल फाइनान्स ६.६९ र मञ्जुश्री फाइनान्सका लगानीकर्ताले ६.६१ प्रतिशत कमाए । हिमालयन ऊर्जा विकास कम्पनी ६.७८, उन्नति सहकार्य लघुवित्त ६.३७, स्वाभिमान लघुवित्त ५.४७, सिभिल लघुवित्त ५.११, लक्षमी लघुवित्त ४.८२, स्वरोजगार लघुवित्त ४.७३, किसान लघुवित्त ४.२४, हिमाल दोलखा हाइड्रोपावर ४.१७ र मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले ४.०४ प्रतिशतले गुमाएका छन् ।