काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिका सभापति भरतराज आचार्यको नेतृत्वमा गएको समितिका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले उद्योग विभागका महानिर्देशक जीवलाल भुसाललाई उद्योग विभागमा भेटेर उद्योग क्षेत्रमा आपसी सहकार्यका विषयमा छलफल गरेको महासंघले जनाएको छ ।

सो अवसरमा सभापति आचार्यले महासंघको उद्योग समितिका कार्य क्षेत्र एवं समितिका आगामी कार्ययोजना बारे जानकारी गराए ।

भेटवार्तामा महासंघका तर्फबाट कोभिड प्रभावित उद्योगको पुनरुत्थान र पुनःसञ्चालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता परेकाले त्यसको कार्यन्वयनका लागि सहजीकरण गर्नुपर्ने, उद्योगको लागि आवश्यक जग्गा प्राप्तिलाई सहज गर्नुपर्ने, एकल बिन्दु सेवाको प्रभावकारी कार्यान्वयन हुनुपर्ने, स्वदेशी उद्योगको संरक्षण गर्न सार्वजनिक खरिद नियमावलीको प्रभावकारी कार्यान्वयन गरिनुपर्ने, उद्योगका लागि आवश्यक पूर्वाधारहरूको सरल र भरपर्दो व्यवस्था हुनुपर्ने, जनशक्ति विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहयोग गर्नुपर्ने, औद्योगिक व्यवसाय ऐन कार्यान्वयन गर्ने सम्बन्धमा देखापरेका व्यवहारिक एवं संस्थागत कठिनाइबारे उद्योग विभाग र महासंघ मिलेर कार्यदल गठन गरी सुझाव संकलन गर्ने तथा उद्योग क्षेत्रको संख्यात्मक एवं गुणात्मक अध्ययन गर्न आवश्यक रहेकाले त्यसका लागि आपसी सहकार्य गर्ने लगायतका सुझाव राखिएको थियो ।

सो अवरसरमा महानिर्देशक भुसालले महासंघसँग नजिकमा रहेर कार्य गर्न विभाग तयार रहेको र महासंघले उठाएका विषयलाई सम्बोधन गर्दै जाने विश्वास दिलाए । साथै महानिदेशक भुसालले एकल बिन्दु सेवालाई प्रभावकारी बनाउन छाता ऐन आवश्यक भएकाले महासंघबाट अर्थपूर्ण सहयोगको अपेक्षा गरेको पनि बताए । उद्योगहरूको संख्यात्मक र गुणात्मक अध्ययन गर्ने कार्यका लागि महासंघले राखेको प्रस्तावलाई विभागको तर्फबाट पूर्ण समर्थन जनाएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय