काठमाडौं– नेपाली बजारमा बुधबार पहेंलो धातु सुनको मूल्य स्थिर रहेको छ । मंगलबार मात्रै तोलामा एक हजार ५०० ले बढेको सुनको मूल्य यस दिन मंगलबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ९०० र तेजाबी सुन प्रतितोला ९१ हजार ४०० मा कारोबार भइरहेको नेपाल महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बुधबार स्थिर रहेर मंगलबारकै मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय