जनकपुर– कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्तावित भाडा दर पेस गरेको हो ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर सडकमा भाडादर ७५ प्रस्ताव गरिएको कम्पनीका महापबन्धक गुरु भट्टराईले जानकारी दिए । अरु सवारी साधन जति नै हुने गरी भाडा दर प्रस्ताव गरिएको उनले बताए । सामान्यभन्दा डिलक्स सिटका लागि भने महँगो भाडा पर्नेछ ।

सामान्यभन्दा चारदेखि पाँच गुणासम्म महँगो भाडा कायम हुन सक्ने उनको भनाइ छ । ‘हामीले प्रस्ताव गर्दा ३७५ प्रस्ताव गरेका छौं,’ औपचारिक रुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको कम्पनीले जनाएको छ । भारतीय कम्पनी कोंकण कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन आएको थियो । सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ ।

यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय