लन्डन– योर्क सहरको भ्रमणमा रहेका बेला राजा चार्ल्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ ।

राष्ट्र प्रमुखमाथि अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले ‘यो देश दासको रगतले बनेको हो’ नारा लगाएका थिए भने भीडले ‘भगवानले राजालाई बचाऊन्’ नारा लगाएको थियो । राजा चार्ल्स नाराबाजीबाट प्रभावित नभएको बरू उनी फुटपाथमा छरिएका अण्डाका वरिपरि घुमिरहेको प्राप्त समाचारमा उल्लेख छ । राजा चार्ल्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा थिए ।

यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्यान्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । उनले ‘राजतन्त्रको अन्त्य गर’ लेखिएको प्लेकार्ड बोकेर राजा चार्ल्सको विरोध गरेका थिए ।

बेलायतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ । सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेका बेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय