काठमाडौं– समुद्रको पानीमुनि अथवा पानीमाथि तैरिने कुनै राज्य वा सहर होला त ? कल्पनामा आधारित कथामा बाहेक वास्तविक जीवनमा त्यस्तो अहिलेसम्म छैन । तर, समुद्रमाथि तैरिने सहर चाहिँ केही वर्षपछि नै सम्भव हुने देखिएको छ ।

इटालियन डिजाइन स्टुडियो लज्जारिनीका डिजाइनरहरुले समुद्रको पानीमाथि तैरिने सहरको डिजाइन तयार गरिरहेका छन् ।

साउदी अरेबियाले समुद्रमाथि तैरिने सहर निर्माण गर्ने घोषणा गरेपछि डिजाइनरहरु त्यसमा लागेका हुन् । प्यांगोज नाम दिइएको कछुवा स्वरुपको विशाल जलयानलाई पानीमाथी तैरिने सहरको रुपमा तयार गर्न लागिएको हो । प्यांगोजमा एउटा सहरमा भएजति सबै सुविधा उपलब्ध हुने बताइएको छ ।

उक्त जलयान (याच)मा बचैंचा, मल, बिच क्लब र हाउजिङ एकाइहरु समेत हुने भएकाले यसलाई सहर भनिएको हो । तयार भएको खण्डमा तैरिने सहर इन्जिनियरिङको अभूतपूर्व नमुना हुनेछ । उक्त जलयानले साउदी अरेबियामा ४१ लाख ९१ हजार वर्गफुटको सिपयार्ड प्रयोग गर्नेछ । प्यांगोजले बिनागन्तव्य समुद्रमा विश्व भ्रमण गर्ने बताइएको छ ।

उक्त जलयानको आकार १८ हजार फिट लामो हुनेछ, स्वरुप कछुवाको शरीरजस्तो । प्यांगोजमा पुग्न स–साना जलयान प्रयोग गर्नुपर्नेछ । निकै खर्चिलो यो परियोजनाको निर्माण लागत ५ अर्ब अमेरिकी डलर (करिब साढे ६ खर्ब रुपैयाँ) हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय