काठमाडौं– बेइजिङले बिबिसी वर्ल्ड न्युजलाई चीनको मुख्य भूमिमा प्रसारण गर्न रोक लगाएको छ ।

चिनियाँ टेलिभिजन र रेडियो नियामकका अनुसार बिबिसीले चीनको अल्पसंख्यक उइघुर समुदायमाथिको अभियोजन र कोरोना भाइरसका विषयमा बिबिसीले तथ्यहीन प्रचारवाजी गरेको भन्दै प्रतिबन्ध लगाइएको हो ।

बिबिसीले बेइजिङको उक्त निर्णयबाट दुःखी भएको बताएको छ ।

बेलायतको सञ्चार नियमनकारी निकाय अफकमले चीनको सरकारी प्रसारण चाइना ग्लोबल टेलभिजन (सिजिटिएन) को बेलायतमा प्रसारण गर्न पाउने लाइसेन्स रद्द गरेपछि चीनले आफ्नो मुलुकमा बिबिसीको प्रसारणमा प्रतिबन्ध लगाएको हो ।

सिजिटिएनको लाइसेन्स गलत किमिसले स्टार चाइना मिडिया लिमिटेडले कब्जा गरेको भन्दै फेब्रुअरीको सुरुतिर अफकमले त्यसलाई रद्द गरेको थियो ।

चीनको स्टेट फिल्म, टिभी एन्ड रेडियो एडमिनिस्ट्रेसनले बिबिसी वर्ल्ड न्युजले चीनको बारेमा प्रसारण गरेको रिपोर्टले त्यहाँको प्रसारण निर्देशिकाको गम्भीर उल्लंघन गरेको जनाएको छ । समाचार सत्य र निष्पक्ष हुनुपर्ने तथा चीनको राष्ट्रिय स्वार्थलाई हानि पुर्याउन नहुने प्रावधानको पनि बिबिसीले उल्लंघन गरेको बताइएको छ ।

बिबिसीले अर्को वर्ष प्रसारण गर्नका लागि दिएको आवेदन पनि स्वीकार्य नहुने उसले जनाएको छ ।

उता बिबिसीले भने चिनियाँ अधिकारीहरुको निर्णय दुःखदायी भएको प्रतिक्रिया दिएको छ । ‘चिनियाँ अधिकारीहरुको यस्तो कदम चाल्ने निर्णयबाट हामी दुःखी छौं,’ बिबिसीले भनेको छ, ‘बिबिसीलाई विश्वकै सबैभन्दा बढी विश्वासिलो अन्तर्राष्ट्रिय प्रसारक मानिन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय