काठमाडौं– नेपालमा पश्चिमी वायुको प्रभावले सोमबारसम्म हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिकदेखि सामान्य बदली छ । अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा छ ।

महाशाखाले शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना औंल्याएको छ । प्रदेश १ का पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा आगामी २४ घन्टा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ ।

आइतबार राति देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले औंल्याएको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सोमबार राति प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागका धेरैजसो स्थानमा आंशिक बदलीको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्छ । प्रदेश नंं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय