काठमाडौं– नेपाली काँग्रेसले चिनियाँ पक्षसँग यथाशीघ्र संवाद गरेर उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आवागमनको समस्या समाधान खोज्न सरकार समक्ष माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्ति जारी गरी उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केङमा सहज नहुँदा नागरिक र व्यवसायीले दुःख पाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमा नाकामा प्रवेशमा कडाइ र आवागमन बन्द गरिएको थियो ।

२०७६ माघ १५ देखि असार २७ गतेसम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक पाँच कन्टेनरले मात्र प्रवेश पाउँदा एक हजार ५०० बढी कन्टेनर सीमामा अलपत्र स्थितिमा छन् । यसबाट एकातर्फ नेपाली व्यवसायी मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको प्रवक्ता शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय