राजविराज– सिरहाको कर्जन्हा नगरपालिकामा अत्याधुनिक प्रविधिको सौर्य सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । करिब १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगले परीक्षण उत्पादन सुरु गरेको हो ।

मुलुकका प्रतिष्ठित व्यापारिक घराना शंकर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानीमा स्थापित सो उद्योगले गत माघ १९ देखि क्लिंकर उत्पादन गरिरहेको शंकर समूहका प्रबन्ध निर्देशक साहिल अग्रवालले जानकारी दिए । क्लिंकर उत्पादन सुरु भइसकेको र सिमेन्ट पनि परीक्षण उत्पादन थालिएको उनले बताए । परीक्षण उत्पादन भएको केही समयमै गुणस्तर चिह्नका लागि आवेदन दिइने जनाइएको छ ।

सो उद्योगबाट ओपिसी, पिपिसी र पिएससी सिमेन्ट उत्पादन गरिने उद्योगले जनाएको छ । प्रविधिमार्फत धेरै काम गर्न सक्ने गरेर उद्योग तयार पारिएको छ ।

उद्योगमा रोबोटिक प्रयोगशाला भएकाले उद्योगमा चुनढुंगा आउनेबित्तिकै त्यसको नमूना परीक्षण स्वचालित रूपमा हुने उद्योगको दाबी छ । सिरहाकै गोलबजार नगरपालिकाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्दै आएको छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय