काठमाडौं– गत वैशाख र जेठमा लकडाउनका कारण उपस्थित भएर काम गर्न नपाएका कामदार, कर्मचारीलाई पनि उद्योग, प्रतिष्ठानले ५० प्रतिशत पारिश्रमिक दिएर हिसाब फरफारक गर्नुपर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चार मन्त्री पार्वत गुरुङले निजी उद्योग, प्रतिष्ठानहरुले २०७६ चैत महिनाको हकमा भने बन्दाबन्दी अवधिसमेतका लागि साविक बमोजिम पारिश्रमिक भुक्तानी गर्नुपर्ने निर्णय गरेको जानकारी दिए ।

२०७७ वैशाख महिनाका लागि ५० प्रतिशत पारिश्रमिक भुक्तानी गरी फरफारक गर्ने र जेठको हकमा बन्दाबन्दीका कारण काममा उपस्थित हुन नसकेका श्रमिकलाई पाउने पारिश्रमिकको ५० प्रतिशत भुक्तानी दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय