काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा एक हजारभन्दा बढीले सुधार आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन मंगलबार भने तोलामा ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० मा कारोवार भएकोमा मंगलबारका लागि भने ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा एक हजार १०० ले बढेको हो ।
त्यस्तै, चाँदीको मूल्यमा समेत मंगलबार २५ रुपैयाँले बढेर एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।