
काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ८९ हजार ३०० र तेजाबी सुन प्रतितोला ८८ हजार ८५० मा कारोबार भइरहेको छ । बुधबार पनि सुन ३०० ले घटेर प्रतितोला ८९ हजार ८०० मा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबारको बजारमा सुनको भाउ ओरालो लागेपनि चाँदीको भाउ भने बढेको छ । यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार भने चाँदीको मूल्यमा सामान्य गिरावट आएर प्रतितोला एक हजार ३४५ मा कारोबार भएको थियो ।