सिमरा– बाराको सिमरास्थित जगदम्बा स्टिल प्रालिको गोदाममा स्थानीयले बुधबार तालाबन्दी गरेका छन् । गोदामबाट निस्कने ठूलो आवाजले घरमा बस्न समस्या भएको विरोधमा स्थानीयको एक समूहले तालाबन्दी गरेको हो ।

तालबन्दीका कारण डन्डीको कच्चा पदार्थ ब्लेडलाई गोदामा भण्डारण गर्न र त्यहाँबाट निकाल्न नसकिएको उद्योग प्रशासनले जनाएको छ ।

जगदम्बा स्टिलले गोदाममा फलामको ब्लेड काटने र बांगोटिंगो ब्लेडलाई सिधा गर्दा त्यसबाट ठूलो आवाज निस्कने गरेको भन्दै स्थानीयले गोदाममा तालाबन्दी गरेको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष तिलक श्रेष्ठले बताए ।

स्थानीयले गोदाममा फलाम काट्दा ठूलो आवाज आउने र सुत्न नसकेको भनेर लिखित रुपमा वडा कार्यालयमा जानकारी गराएको श्रेष्ठले बताए ।
गोदाममा फलाम काटने काम बन्द गर्नुपर्ने उनीहरुले माग छ ।

गोदामबाट ठूलो आवाज निस्केको भए कानुनी उपचार खोज्नुको साटो स्थानीयले तालाबन्दी गरेर उद्योग सञ्चालनमै समस्या गरेको जगदम्बा स्टिलका सञ्चालक पवन गुप्ताले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय