काठमाडौं– महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आइपीओ शुक्रबार बिहान बाँडफाँड भएको छ ।

धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको हात्तीसारस्थित कार्यालयमा शुक्रबार बिहान ८ बजे महिला संस्थाको आईपीओ बाँडफाँड भएको हो।

क्यापिटलका अनुसार गोलाप्रथाबाट भाग्यमानी ३७ हजार ५०० लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन्।

संस्थाको आइपीओमा १५ लाख ३६ हजार ६८२ आवेदकलाई गोलाप्रथामा समावेश गराई सेयर बाँडफाँड गरिएको थियो । मागभन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले सेयर वितरण गरिएको हो ।

संस्थाले जारी पुँजीको ४० प्रतिशतले बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । संस्थाले माघ ३० गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

निष्काशन गरिएको कुल सेयरमध्ये ०.५ प्रतिशत कर्मचारीका लागि छुट्याएको छ । त्यसैगरी, सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सर्वसाधारणका लागि आवेदन खुलाइएको थियो ।

आईपीओको रिजल्ट भने अब धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक, सीडीएससी र आईपीओ जारी गर्ने सम्बन्धित कम्पनीले मात्र सार्वजनिक गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर