काठमाडौं– ताइवानमा बुधबारको शक्तिशाली भूकम्पजन्य विनाशबाट ज्यान गुमाउनेको संख्या चार पुगेको छ । स्थानीय समयअनुसार बुधबार बिहान ७ः५८ मा पूर्वी तटलाई केन्द्रबिन्दु बनाएको ७.३ म्याग्निच्युडको उक्त भुइँचालोमा ९७ जना घाइते भएका छन् ।
भुइँचालोको केन्द्रबिन्दु दक्षिणपूर्वी काउन्टी हुआलिएनबाट २५ किलोमिटर परको पानी भएको सेन्ट्रल वेदर ब्युरोले जानकारी दिएको छ ।
भुइँचालोको धक्का पूरै ताइवानमा महसुस गरिएको थियो । भुइँचालोबाट थुप्रै घरहरु भत्किएका छन् भने ताइवान र चीनको मुख्य भूमिमा सुनामीको चेतावनी जारी गरिएको छ ।
स्थानीय सञ्चारमाध्यमले बाहिर ल्याएका फुटेजहरुले भवनहरु बेस्सरी हल्लिएर भत्किएको र बासिन्दाहरु चिच्याउँदै भागेको देखिन्छ ।
हुअलिएनको नारोको नेसनल पार्कको चर्चित डेकालुन ट्रेलमा हाइकिङ गएका तीनजना पैदलयात्रीको ढुंगा खसेर लाग्दा निधन भएको बताइएको छ । एकजना ट्रक ड्राइभरको सुरुङ नजिकै ढुंगामा ट्रक ठोक्किँदा ज्यान गएको प्राप्त समाचारमा उल्लेख छ ।