तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा आइतबारदेखि मोटरबोट सञ्चालनमा आएको छ ।

आँबुखैरेनी गाउँपालिकाले सो क्षेत्रमा पर्यटक आकर्षित गर्न मोटरबोट सञ्चालन गराएको हो । गाउँपालिकाले मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोरामार्फत सेवा सञ्चालन गरेको हो ।

सञ्चालन गरेको मोटरबोटमा ६ देखि ८ मिनेट सयर गर्न प्रतिव्यक्ति २०० रुपैयाँ, १० देखि १२ मिनेटसम्मका लागि ५०० रुपैयाा र १५ देखि २० मिनेटसम्मका लागि १००० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय