काठमाडौं– चालु आर्थिक वर्ष २०८०–८१ मा नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४५६ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।

गत आर्थिक वर्ष २०७९–८० मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४०५ अमेरिकी डलर रहने संशोधित अनुमान कार्यालयको छ । आर्थिक वर्ष २०७८–७९ को अन्तिम तथ्यांक अनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,४१९ अमेरिकी डलर कायम गरिएको छ ।

त्यसैगरी प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन चालु आर्थिक वर्ष २०८०–८१ मा १,४३४ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ । गत आर्थिक वर्ष २०७९–८० मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,३८९ अमेरिकी डलर हुने संशोधित अनुमान छ । आर्थिक वर्ष २०७८–७९ को अन्तिम तथ्यांकअनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १,४११ अमेरिकी डलर कायम गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय