काठमाडौं– सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायत सामग्रीमा हरित कर लगाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत आर्थिक विधेयक–२०८१ मा पेट्रोल, डिजेलमा प्रतिलिटर १ रुपैयाँका दरले हरित कर लगाउने उल्लेख छ । जैविक इन्धनको प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त कर लगाउने प्रस्ताव गरिएको जनाइएको छ । यो करसँगै पेट्रोलियम पदार्थको मूल्यमा चाप पर्नेछ ।

यस्तै फर्नेस आयल, बेस आयलमा ०.५ प्रतिशत र लुब्रिकेन्ट आयलमा १ प्रतिशत हरित कर लाग्नेछ । पेट्रोलियम तेल र बिटुमिनयुक्त खनिजबाट प्राप्त तेल, ७० प्रतिशत वा सोभन्दा बढी पेट्रोलियम तेलमा पनि १ प्रतिशत कर लाग्ने विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय