काठमाडौं– सूचना प्रविधि कम्पनी माइक्रोसफ्टको विश्वव्यापी प्रणाली रोकिँदा हवाई उडान, सञ्चारमाध्यम, स्टक मार्केट र बैंकहरु प्रभावित भएको खबर छ ।

कैयौं उद्योगहरुलाई सेवा दिने साइबर सेक्युरिटी फर्म क्राउडस्ट्राइकले शुक्रबार बिहानबाट विश्वका कतिपय भागमा काम गर्न नसक्दा समाचार प्रसारण रोकिनेदेखि हवाईजहाजहरु ग्राउन्डेड गर्नुपर्नेसम्मको अवस्था आएको छ ।

कम्तीमा प्रमुख ती अमेरिकी वायुसेवा कमपनी युएस एयरलाइन्स, अमेरिकन र युनाइटेड एन्ड डेल्टाले आफ्ना सबै उडान ग्राउन्डेड गरेको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जानकारी दिएको छ ।

अस्ट्रेलियामा न्यु साउथ वेल्स पुलिस फोर्सले सामाजिक सञ्चालमार्फत सिस्टमले काम गर्न छोडेको जानकारी प्राप्त भएको बताएको छ । अस्ट्रेलियाको सबैभन्दा व्यस्त र ठूलो यातायात केन्द्र सिड्नी विमानस्थलमा पनि समस्या देखिएको प्राप्त समाचारमा उल्लेख छ ।

युरोपको रायन एयरले पनि समस्याले गर्दा उडान प्रभावित भएको बताएको छ । भारतमा पनि यस्तै समस्या देखिएको छ । हङकङ एयरपोर्टले जाँचको कामलाई म्यानुअल बनाएको छ । लन्डन स्टक एक्सचेन्ज पनि प्रभावित भएको खबर छ ।
माइक्रोसफ्टले यो समस्या हटाउने प्रयास जारी रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय