
काठमाडौं– नेपालका लागि हुन्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित गाडी हुन्डाई भेन्यू आइएमटी र हुन्डाई भेन्यू १.५ एस प्लस सार्वजनिक गरेको छ ।
हुन्डाई भेन्यू आइएमटी र हुन्डाई भेन्यू १.५ एस प्लस भिन्न इन्जिन अप्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । १.५ लिटर पेट्रोल इन्जिनकप्पा डुअल भिटिभिटी टेक्नोलजिजसको ८३ पिएस/६००० आरपिएसको सर्वाधिक पावर रहनेछ । साथै, १.० टर्बो पेट्रोल इन्जिनकप्पा डुअल भिटिभिटी टेक्नोलोजिको सर्वाधिक पावर १२० पिएस/६०००आरपिएमको रहने कम्पनीले जनाएको छ ।
हुन्डाई भेन्यू स्मार्ट सार्क फिन एन्टिना, टर्न सिग्नल भएका विद्युत्ले मिलाउन सकिने रिअर मिरर, इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोमयुक्त फ्रन्ट ग्रिल तथा स्पोर्टी रुफ रेलले सुसज्जित छ । यसको आर १५ डायमन्ड कट एलोई ह्विल तथा रिअर क्यामेराको साथ हिल एसिस्ट कन्ट्रोलले नौलो र उत्साहजनक सवारी अनुभव दिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
हुन्डाई भेन्यू १.५ एस प्लसमा बत्तीको सुन्दर जडान आधुनिक रुपमा गरिएको छ, जस अन्तर्गत कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा व्रिmस्टल इफेक्ट सहितको एलइडी डिआरएल लाइट विशेष रहेका छन् ।
इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसनको साथ हुन्डाई भेन्यू आइएमटीले क्लचलेस ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ । सो सेग्मेन्टमा नयाँ आइएमटीसँग क्लच प्याडल नभएकाले राम्रो इन्धन दक्षता र मजाको ड्राइभिङ अनुभव गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । हुन्डाई भेन्यू आइएमटी र हुन्डाई भेन्यू १.५ एस प्लस थप विशेषतामा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रिअर एसी भेन्ट छ । हुन्डाई भेन्यू १.५ एस प्लसको मूल्य ४४ लाख ५६ हजार र हुन्डाई भेन्यूू आइएमटीको ४४ लाख ९६ हजार रुपैयाँ कायम गरिएकोे छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १३ सोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत सेवा दिँदै आएको छ ।