काठमाडौं– मेरिगोल्ड (सयपत्री ज्वेलर्स) स्थापनाको १११औं वर्षमा प्रवेश गरेको छ । नेपालका मौलिक तथा आधुनिक गरगहना निर्माण एवं बिक्रीमा विशिष्ट स्थानमा रहेको दाबी गर्ने मेरिगोल्डले १११औं वर्ष प्रवेशको अवसरमा विशेष छुटसहित विभिन्न अफर ल्याएको छ ।
मेरिगोल्डका प्रबन्ध निर्देशक ज्योत्सना श्रेष्ठका अनुसार १११औं वार्षिकोत्सवका अवसरमा न्युरोडस्थित मेरिगोल्डको नयाँ सोरुममा विशेष छुट र लक्की ड्र कार्यक्रम राखिएको छ । जसमा पहिलो पुरस्कारस्वरुप विजेताको तौल बराबर शुद्ध चाँदी, दोस्रो पुरस्कारमा झापाको मेची क्राउन होटलमा दुई रात तीन दिनको प्याकेज रहेको छ । मेरिगोल्डले न्युरोड र दरबारमार्गको आउटलेटबाट सेवा दिइरहेको छ ।
ग्राहकको अटुट विश्वास तथा गुणस्तरमा कहिल्यै सम्झौता नगरेकै कारण मेरिगोल्डले ११ दशक पूरा गरेको प्रबन्ध निर्देशक श्रेष्ठले बताइन् । ‘हामीले माौलिकता जोगाउँदै र ग्राहकको विश्वास जित्दै सुनचाँदीका गरगहना तयार पार्दै आइरहेका छौं,’ श्रेष्ठ भन्छिन्, ‘परिस्थिति अनुकूल रह्यो भने चाँडै नै नेपालमा उत्पादित गरगहना उल्लेख्य परिमाणमा निर्यात गर्न पनि मेरिगोल्ड सक्षम हुनेछ ।’
पारिवारिक व्यवसायका रुपमा रहेको मेरीगोल्ड हाल संस्थागत अवधारणाअनुसार अगाडि बढिरहेको छ । ग्राहकको आवश्यकता र रुचिअनुसारका गरगहना तयार गर्ने, नयाँ डिजाइनका लागि अध्ययन र अनुसन्धान गर्ने तथा बाइब्याक ग्यारेन्टीलाई सरलीकृत गर्दै लैजाने मेरिगोल्डको प्रतिबद्धता छ ।
सुनचाँदी तथा गरगहना व्यवसायलाई विश्वसनीय बनाउन मेरीगोल्ड सदैव प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।