भद्रपुर (झापा)– स्थानीय प्रशासनले भन्सार छली भारतबाट भित्र्याइएका १३ करोड ७३ लाख ८९ हजार ३३ बराबरका बिलबिजक नभएका सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटेको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । गैरकानुनी ढंगले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

प्रहरीले आर्थिक वर्ष २०७८–७९ मा ४ करोड ५ लाख ६ हजार १८१, आर्थिक वर्ष २०७९–८० मा ३ करोड ९८ लाख ३६ हजार ३६४ र आर्थिक वर्ष २०८०÷८१ मा ५ करोड ७० लाख ४६ हजार ४८८ को भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा १ करोड ७८ लाख ९७ हजार ८४६ मूल्यका ४ हजार २८९ दशमलव ४१ क्युबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जनालाई पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आर्थिक वर्ष २०७८–७९ मा १ हजार २६८ क्युबिक फिट, २०७९–८० मा २ हजार ४ सय ७२ क्युबिक फिट र २०८०–८१ मा ५४९.४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय