काठमाडौं– बुधबार नेपाली बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोला ६०० र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार २०० र तेजावी सुन प्रतितोला ८५ हजार ७५० मूल्य निर्धारण भएको छ ।

मंगलबार छापावाला सुन तोलाको ८५ हजार ६०० र तेजावी ८५ हजार १५० मा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबारका लागि चाँदीको मूल्य प्रतितोला एक हजार २७० निर्धारण गरिएको महासंघले जनाएको छ । मंगलबार चाँदी एक हजार २५५ मा कारोबार भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय