काठमाडौं– नेपाली बजारमा पहेंलो धातु सुृनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार छापावाला सुन प्रतितोला ८६ हजार २०० मा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ६०० रुपैयाँले बढेको थियो ।

शुक्रबार सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २७० मा कारोबार भइरहेको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार २८५ मा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय