काठमाडौं– जीवन रक्षा गर्ने उद्देश्यका साथ लायन्स क्लब अफ काठमाडौं, सिए र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको संयुक्त आयोजनामा, चार्टर्ड एकाउन्टेन्ट्स संघमा कात्तिक १० गते रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

क्लबका अध्यक्ष लायन तेजप्रसाद सुवेदी र सिए संघका अध्यक्ष सिए अरुण राउतले रक्रदान गरेर कार्यक्रमको सुरु गरेका थिए ।

चार्टर्ड एकाउन्टेन्टहरु, लायन्स क्लबका सदस्यहरु र विभिन्न समाजसेवीको सक्रिय सहभागिताले कार्यक्रमलाई सफल बनाएको क्लबको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा ३३ जनाले रक्तदान गरेका थिए ।

क्लबले रक्तदान कार्यक्रम सफल बनाउन योगदान गर्ने सम्पूर्ण रक्तदातालाई धन्यवाद ज्ञापन गरेका छ । साथै, कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने अन्य समर्थक, ब्लड बैंकलगायतलाई पनि क्लबले धन्यवाद ज्ञापन गरेको छ ।

कार्यक्रमको सफलताले क्लबलाई आगामी दिनमा यस्ता कार्यक्रम आयोजना गर्न थप प्रेरणा दिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय