सुर्खेत– नेपाल मुद्रण उद्योग महासंघ कर्णाली प्रदेशको प्रथम भेला तथा सुर्खेत मुद्रण उद्योग संघको वार्षिक साधारणसभा तथा अधिवेशनबाट आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको छ ।

सभाले अध्यक्षमा पञ्चरत्न शर्मा, उपाध्यक्षमा हिरामणि चौलागाईं, सचिवमा सोम ढकाल र कोषाध्यक्षमा मोहन खडकालाई चयन गरेको छ ।

सदस्यमा दिपेन्द्र उपाध्याय, मिना बुडा, बिन्दु नेपाल, श्रीधर पौडयाल, बिन्द्रा गुरुङ, प्रशान्त कार्की, दिनेश खड्का, मानबहादुर खड्का, नगेन्द्र उपाध्याय र सुरेन्द्र रेग्मीलाई चुनिएका छन् ।

यसैगरी, सुर्खेत मुद्रण उद्योग संघमा हिमाल नेपाल अध्यक्ष, निमबहादुर बुढा उपाध्यक्ष, टेकबहादुर पहाडी सचिव, देवदत्त पौडेल सहसचिव र सबिन गौतम कोषाध्यक्ष चुनिएका छन् । सदस्यमा राजेश पुन, नकराज जैसी, राजु केसी चुनिएको नेपाल मुद्रण उद्योग महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय