काठमाडौं– चालु आर्थिक वर्ष २०७७–७८ को पहिलो सात महिनामा आयात ०.०१ र निर्यात ७.६ प्रतिशतले बढ्दा मुलुकको वैदेशिक व्यापार घाटा ७३३ अर्ब रुपैयाँ पुगेको छ ।

यस अवधिमा विदेशबाट ८०३ अर्ब ६४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.०१ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७६–७७ को सात महिनामा अघिल्लो वर्षको तुलनामा आयात ३.६ प्रतिशतले घटेको थियो ।

यो सात महिनामा वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७.१ प्रतिशतले बढेको र चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.४ प्रतिशत र १०.८ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुन, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा लगायतको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भडियो, टेलिभिजन तथा पार्टपुर्जा लगायत वस्तुको आयात घटेको छ ।

यो सात महिनामा कुल वस्तु निर्यात भने ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले बढेको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १० र ४.९ प्रतिशतले निर्यात वृद्धि भएको छ । चीनतर्पmको निर्यातमा ४७.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, पस्मिना, धागो (पोलिस्टर तथा अन्य) लगायत वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

सुक्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट निर्यात बढेको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगन्ज, कृष्णनगर, कैलाली र कञ्चनपुर भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

यस अवधिमा वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटी ७३३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो । यस अवधिमा निर्यात–आयात अनुपात ८.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७–७८ को सात महिनामा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भई ६९ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २२.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १०.० प्रतिशत र ४.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ४७.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, जुटका सामान, पस्मिना, धागो (पोलिस्टर तथा अन्य) लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय