काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले सुधार भएको छ । लगातार ओरालो लागेको बजारमा मंगलबार २.५६ बिन्दुले नेप्सेमा सुधार आई दुई हजार ३९१.७४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४४ ले बढेर ४३०.४९ मा पुगेको छ ।
नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने सामान्य छ । २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता सेयर तीन अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ मा कारोबार भयो । आजको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब एक अर्ब ८५ करोड २९ लाख २० हजारको हाराहारीमा रहेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको सेयर मूल्य उकालो लाग्दा ६ उपसमूहको मूल्य ओरालो लागेको छ । बैंकिङ ३.६७, होटल तथा पर्यटन ८६, वित्त १.२१, उत्पादन २३.२५, लघुवित्त २७.३६, जीवन बीमा २३०.२९ र लगानी ०.२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ७२.५९, विकास बैंक २.३५, जलविद्युत् ३१.८३, अन्य २०.११ र सामूहिक लगानी कोष ०.०१ ले ओरालो लागेको छ ।
कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १९ करोड ३८ लाख ७९ हजार ८८४ बराबरको कारोबार भयो । यस्तै, माथिल्लो तामाकोसी १८ करोड ८५ लाख २९ हजार ६४४, नेपाल इन्फ्रास्ट्रक्चर बैंक १७ करोड दुई लाख ६६ हजार ४५४, नबिल बैंक १३ करोड ८९ लाख ५३ हजार ८५, नेसनल हाइड्रोपावर कम्पनी १२ करोड १६ लाख आठ हजार ७१४, एचआइडिसिएल १० करोड ५६ लाख पाँच हजार ६१०, एनआइसी एसिया बैंक आठ करोड ७७ लाख ९६ हजार ८९२, नेको इन्स्योरेन्स सात करोड ९५ लाख ५८ हजार १९८ र ग्लोबल आइएमई बैंक सात करोड ८२ लाख ५० हजार ९७७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
आज चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाए । यस्तै, जोशी हाइड्रोपावर ९.९२, घलेम्दी हाइड्रोपावर ९.८३, ग्रिन लाइफ हाइड्रोपावर ९.७०, खानीखोला हाइड्रोपावर ९.४०, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो ७.०३, एचआइडिसिएल ६.७१, दिव्यश्वरी हाइड्रोपावर ५.९८ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ५.९३ प्रतिशतले कमाए ।
यस्तै, राष्ट्रिय बिमा कम्पनी लिमिटेडको संस्थापक सेयर ८.८१, पञ्चकन्या माई हाइड्रोपावर ४.८६, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर ४.६८, राष्ट्रिय बिमा कम्पनी ४.०३, अरुण भ्याली हाइड्रोपावर ३.६८, हिमालयन पावर पार्टनर ३.८१, एनआइबिएल प्रगति फन्ड ३.५८ र माथिल्लो तामाकोसीका लगानीकर्ताले ३.४९ प्रतिशतले गुमाए ।