काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। मंगलबार प्रतितोला ११०० रुपैयाँले मूल्य बढ्दा अघिल्लो रेकर्ड तोडिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ तोकेको छ। सोमबारको बजारमा छापावाल सुन प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यसअघि यही चैत १ गते शुक्रबार सुनको मूल्यले रेकर्ड बनाएको थियो। सो दिन सुन प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
सो दिनको कीर्तिमान तोड्दै मंगलबार नयाँ कीर्तिमान बनेको हो ।
मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। यस दिनका लागि चाँदीको मूल्य प्रतितोला २ हजार ५० रुपैयाँमा तोकिएको छ । सोमबारको बजारमा चाँदी प्रतितोला २ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।









