काठमाडौं– बुधबार सेयर बजारको मापक नेप्से १४.८८ अंक घटेको छ । पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको नेप्सेले बुधबार पनि त्यसैलाई निरन्तरता दियो । तर कारोबार रकम भने बढेको छ ।

यस दिन बजार बन्द हुँदा नेप्से परिसूचक २६८२.१५ कायम भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स २.९६ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९५ अंक घटेको छ।

बुधबार नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ४ अर्ब ३४ करोडको सेयर खरिदबिक्री भएको बजारमा बुधबार ३११ स्टकको ५४ हजार ६२२ पटकको कारोबारमा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रुपैयाँबराबरको ९५ लाख ८३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ९.३९ प्रतिशत बढेको छ। गरिमा समृद्धि योजनाको इकाइमूल्य साढे ७ प्रतिशतभन्दा धेरैले बढेको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको करिब साढे ७ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशत बढेको छ। सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सर्वाधिक ९.२० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको २९ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको करिब साढे २३ करोडको र नेपाल पुनर्बीमा कम्पनीको १७ करोडभन्दा बढीको सेयर खरिदबक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ । १० उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, म्युचुअल फन्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशत घटेको छ। जीवन बीमा उपसमूहको परिसूचक करिब साढे १ प्रतिशत घटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय