काठमाडौं– नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको वाक्य डिस्प्ले भएपछि त्यसको छानबिन सुरु भएको छ ।
ओली सरकारले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेकै दिन प्रधानमन्त्री ओलीविरुद्धको नारा डिस्प्ले भएको हो ।
यस विषयमा अनुसन्धान गरिरहेको प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताएका छन् । यस विषयमा सूचना प्रविधि विज्ञको सहयोगमा अनुसन्धान गरिरहेको उनले बताए ।









