काठमाडौं– नेपाली बजारमा बहुमूल्य धातु सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

बिहीबार प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ हजार ४०० बढेर तोलामा १ लाख ७६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ७३ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर २ हजार ४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय