काठमाडौं– म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले भूकम्पका कारण गगनचुम्बी भवनहरु ढलेका तस्बिर सार्वजनिक गरेका छन् ।

समाचार संस्था बिबिसीले युनाइटेड स्टेटस् जिओलोजीकल सर्भेलाई उद्धृत गर्दै बिहीबार बिहान मध्य म्यानमारलाई केन्द्र बिन्दु बनाएर ७.७ म्याग्निच्युडको भुइँचालो गएको उल्लेख गरेको छ ।

भुइँचालोको केन्द्रबिन्दु सागाइङ सहरबाट उत्तरपश्चिममा १६ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।

भूकम्पको धक्का थाइल्यान्ड, दक्षिण पश्चिमी चीनको युनानसम्म महसुस गरिएको छ भने बैंककमा भवनहरुमा क्षति पुगेको भिडियोहरु सामाजिक सञ्जालहरुमा आएका छन् ।

समाचार अनुसार म्यानमारको राजधानी नायपिद्व जाने सडकहरु भत्किएका छन् ।

हालसम्म मानवीय क्षति भए नभएको खुलेको छैन ।

समाचार संस्था रोयटर्सका अनुसार भूकम्पपछि थाइल्यान्डको राजधानी बैंककमा सयौं मानिसहरू भवनबाट बाहिर निस्किएका थिए । बैंककमा प्रत्यक्षदर्शीहरूका अनुसार, मानिसहरू आतंकित हुँदै सडकमा निस्किए ।

भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेट जाँदा ७.२ म्याग्निच्युडको भूकम्प गएको हो ।

शक्तिशाली भुइँचालोपछि खुल्ला स्थानमा जम्मा भएका मानिस । तस्बिर सौजन्य : शिवकुमार अग्रवाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय