काठमाडौं– दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक प्रकाश दुगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले काटेको चेक नसाटिएपछि बैंकिङ कसूर मुद्दामा उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए । दुगडले दिएको ५ लाख ६७ हजार १ सय ६० रुपैयाँको चेक नसाटिएपछि परेको उजुरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दुगडविरुद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरीमा बैंककङ कसुरमा उजुरी दर्ता भएको थियो। दुगडलाई अहिले प्रहरीको कमलपोखरी वृत्तमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय