काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले हालसम्म निःशुल्क रहेको अनलाइन विद्युत् महसुल भुक्तानीमा शुल्क लगाउने तयारी गरेको छ ।

प्राधिकरणले आफ्ना उपभोक्ताबाट अनलाइनमार्फत महसुल भुक्तानी सेवा सञ्चालन गर्न इच्छुक सेवा प्रदायकहरुबाट प्रस्ताव आह्वान गरेपछि उसले अनलाइन भुक्तानीमा शुल्क लगाउने तयारी गरेको खुलासा भएको हो ।

प्राधिकरणका अनुसार मासिक ५०० रुपैयाँसम्म महसुल अनलाइनबाट भुक्तानी गर्नेका लागि भने निःशुल्क हुनेछ । मासिक ५०१ देखि ५ लाखसम्म महसुल तिर्दा प्रतिकारोबार ५ रुपैयाँ शुल्क लाग्ने प्रस्ताव प्राधिकरणले अघि सारेको छ । त्यतिले नपुग्ने भए थप शुल्क कति लिने हो सो प्रस्ताव गर्न प्राधिकरणले इच्छुक सेवा प्रदायकलाई आग्रह गरेको छ ।

प्राधिकरणले विद्युत् महसुल संकलन कार्यलाई सहरी तथा दुर्गम ग्रामीण क्षेत्रहरुमा सहज रुपमा पुर्याउन भन्दै सुरक्षित, भरपर्दो र अत्याधुनिक प्रविधिहरुबाट अनलाइन विद्युत् महसुल संकलन गर्ने कार्य गर्न इच्छुक सेवाप्रदायकलाई विभिन्न सर्त राखेर प्रस्ताव पेस गर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय