
काठमाडौं– एकै दिन ३ हजार ६०० रुपैयाँ महँगिदा बिहीवार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
बुधबार प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो ।
महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा हरेक दिन नेपालमा सुनचाँदीको भाउ तोक्ने गरेको छ ।