काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए ।

‘शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो,’ उनले भने, ‘के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन ।’

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै शिक्षक आन्दोलनको २०औं दिन भयो । यही बीचमा शिक्षा मन्त्रीले राजीनामा दिएकी छिन् । शिक्षक आन्दोलनका कारण उनी दबाबमा थिइन् ।

उनले शिक्षक आन्दोलनका समाधानका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबाट सहयोगको सट्टा उपेक्षा सहनु परेका कारण राजीनामा दिएको निकटस्थहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय