काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा वैशाख २१ बाट शुरु हुने गरी सारेको छ ।

बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार मंगलबार प्रधानमन्त्रीको निर्देशनअनुसार मंगलबार साँझ बसेको बोर्ड बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

परीक्षा १० दिन ढिलो गरी सुरु गरिए पनि साविककै कार्यतालिकाअनुसार सञ्चालन हुने शर्माले जानकारी दिएका छन् ।

यसअघि परीक्षा बोर्डले निजामती कर्मचारी परिचालन गरेर भए पनि वैशाख ११ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै केही समय परीक्षा सार्न निर्देशन दिएका थिए । शिक्षक आन्दोलनका कारण सरकार पूर्वनिर्धारित परीक्षा सार्न बाध्य भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय