काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन् । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई हटाएको विरुद्ध बोलेका तामाङलाई प्रधानमन्त्रीले बुधबार बर्खास्त गरेका हुन् ।

तामाङ नेपाली कांग्रेसको कोटाबाट ऊर्जा राज्यमन्त्री बनेका थिए ।

त्यसैगरी विद्या भट्टराईले राजिनामा दिएपछि रिक्त हुन आएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा ओलीले नेकपा (एमाले)का नेता रघुजी पन्तलाई नियुक्त गरेका छन् ।

पछिल्लो समय ओलीसँग असन्तुष्टिका कारण मन्त्री लगायत उच्च ओहोदामा रहेका व्यक्तिले राजीनामा दिने र मन नपरेका व्यक्तिलाई सरकारले बर्खास्त गर्ने क्रम बढेको छ ।

एक महिनाअघि सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको थियो । त्यसपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले राजीनामा दिए । केही दिनअघि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिइन् । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न गठित समितिका एकदना सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले पनि मंगलबार उक्त समितिबाट राजिनामा दिएका थिए । अहिले आएर ओलीले ऊर्जा राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय