काठमाडौं– नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य घटेको छ । यस दिन सुनको मूल्य तोलामा १४ सय रुपैयाँ र चाँदीको मूल्इ २० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार ३०० रुपैयाँ तोकेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । आइतबार प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार १ हजार ९७० मा झरेको छ ।









