काठमाडौं– जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधबार हुने तय भएको एकता घोषणा अन्तिम समयमा स्थगित भएको छ ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले एकता घोषणा सभा हुन लागेको कार्यक्रमस्थलबाटै पक्रिएपछि पक्रिएपछि आजका लागि तय भएको एकता सभा रोकिएको जनमतका प्रवक्ता शरद सिंह यादवले जानकारी दिएका छन् ।
चौधरीलाई कमलादीस्थित प्रज्ञा भवन परिसरबाट सादा पोसाकमा प्रहरीले नियन्त्रणमा लिएर डिल्लीबजार कारागार लगेका छन् ।
पार्टी प्रवक्ता यादवले दुवै पार्टीबीच छलफल गरेर अबको बाटो तय हुने बताए ।
एकता घोषणा सभाका लागि दुवै पार्टीका नेता, कार्यकर्ता प्रज्ञा भवनमा भेला भएका थिए ।









