काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी थुनामा पठाउन पत्र लेख्ने सर्वोच्च अदातलका एकजना अधिकारी पक्राउ परेका छन् । उनले त्रुटिपूर्ण रुपमा चौधरीलाई पक्रेर थुनामा पठाउन पत्र लेखेको भन्दै उनलाई पक्राउ गरिएको हो ।
उक्त पत्र गैरकानुनी रहेको पाइएपछि सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्न अर्को पत्र पठाइएको बुझिएको छ । चौधरी केही बेरमै रिहा हुने सर्वोच्च अदालत स्रोतले बताएको छ ।
चौधरीको आममाफीविरुद्ध परेको मुद्दा ‘मुद्दा विचाराधीन रहेकै अवस्थामा सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका एकजना अधिकारी महिमान सिंह विष्टले आफूखुसी चौधरीलाई पक्रेर कारागार पठाउन पत्र लेखेको बताइएको छ ।
विष्टलाई सर्वोच्चले केरकार गरेर जिल्ला प्रहरी परिसर पठाएको छ ।









