काठमाडौं– साताको कारोबारको पहिलो दिन आज एक तोला सुनको मूल्य १ लाख ८४ हजार १०० कायम भएको छ । गत बुधबार सोही परिमाणको सुन १ लाख ८८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला चाँदी १ हजार ९१० मा खरिदबिक्री भइरहेको छ । गत बुधबार १ तोला चाँदी १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

गत वैशाख ९ गते सुनको मूल्य २ लाख रुपैयाँ नजिक पुगेको थियो । त्यस दिन छापावाल सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔंस सुन ३ हजार २४१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारत–पाकिस्तान वैमनस्य तथा चीन–अमेरिका व्यापार द्वन्द्वका कारण सुनचाँदीको मूल्यमा केही कमी आएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय