काठमाडौं– बामपन्थी नेता प्रदीप नेपालको मंगलबार निधन भएको छ । विगतमा नेकपा (एमाले)को तर्फबाट मन्त्रीसमेत बनेका नेपालको मंगलबार दिउँसो सवा ४ बजेतिर निधन भएको उनको उपचार भइरहेको नर्भिक अस्पताल स्रोतले जानकारी दिएको छ ।
उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट ग्रस्त थिए । रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिमा निष्क्रिय बनेका थिए।
केही दिनअघि नर्भिक भर्ना भएका उनलाई सोमबार आईसीयूमा राखिएको थियो ।
२०१० सालमा जन्मिएका नेपाल २०५१ मा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा सञ्चार मन्त्री बनेका थिए। पछि उनी शिक्षामन्त्री पनि भए ।









