काठमाडौं– भारतले बुधबार बिहान पाकिस्तानमा गरेको हवाई आक्रमणमा मर्नेको संख्या २६ पुगेको पाकिस्तानी सैन्य प्रमुखले बताएका छन् । घाइतेको संख्या ४६ पुगेको छ । पाकिस्तानी अधिकारीहरुका अनुसार उनीहरु सबै गैरसैनिक सर्वसाधारण हुन् ।

यता भारत प्रशासित जम्मु कस्मिरमा पाकिस्तानी आत्रमणमा १० सर्वसाधारणको ज्यान गएको भारतीय प्रहरीलाई उद्धृत गर्दै भर्खरै रोयटर्सले जनाएको छ । भारतीय जम्मु कस्मिरमा ४८ जना घाइते भएका छन् ।

भारतले पाकिस्तानका ९ ठेगानामा आक्रमण गरेको बताएको छ । पाकिस्तानले पाँचवटा भारती लडाकू जेट खसालेको दाबी गरेको छ भने यस विषयमा भारत मौन छ ।

पाकिस्तानले दाबी गरेजस्तै पाँचवटा भारतीय लडाकु जेट खसालिएको हो भने त्यो भारतका लागि अहिलेसम्मकै ठूलो क्षति हुने एजेन्सीहरुको रिपोर्टमा उल्लेख छ ।

केही हप्ताअघि भारत प्रशासित कस्मिरको पहलगाममा आतंककारी हमला भएपछि भारतले त्यसको दोष पाकिस्तानमाथि लगाउँदै आएको छ । नयाँ दिल्ली ती आतंकवादीलाई पाकिस्तानी सरकारको सहयोग र समर्थन रहेको दाबी गर्छ । त्यसैको बदलामा पाकिस्तानमा रहका आतंककारी ठेगानाहरुमा आक्रमण गरेको भारतीय दाबी छ ।

भारतले पाकिस्तानमाथिको यो सैन्य आक्रमणलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय