काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १२ दशमलव ०४ अंकले घटेर २ हजार ६६१ दशमलव ६४ को विन्दुमा कायम भएको हो ।

आज ३१५ कम्पनीको ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर १ लाख ३ हजार ३१९ पटक खरिदबिक्री हुँदा ११ अर्ब ६५ करोड १७ हजार ८५१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैंकिङ ० दशमलव ८२, विकास बैंक १ दशमलव ५६, होटल तथा पर्यटन ० दशमलव १४, लगानी ० दशमलव ०४, लघुवित्त ० दशमलव १३, निर्जीवन बिमा ० दशमलव १७, व्यापार २ र अन्य समूहको उपसूचक १ दशमलव ८१ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी वित्त समूह ४ दशमलव ३० प्रतिशतले बढेको छ । त्यस्तै जलविद्युत् ० दशमलव ०३, जीवन बिमा ० दशमलव ०१, उत्पादन तथा प्रशोधन ० दशमलव १७ र म्युचुअल फण्ड ० दशमलव ०७ प्रतिशतले बढेको छ ।

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । आज कारोबार रकमका आधारमा सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ७८ करोड ४५ लाख ९६ हजार ४१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय