भद्रपुर (झापा)– जिल्लामा चालु आर्थिक वर्षको ९ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार उक्त अवधिमा उद्योगतर्फ ४३१ र वाणिज्यतर्फ ३४५ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका हुन् । सोही अवधिमा उद्योगतर्फ १ हजार १६८ र वाणिज्यतर्फ १ हजार २७३ उद्योग नवीकरण भएका छन् ।

जिल्लामा चालु वर्षको ९ महिनामा उद्योगतर्फ ३९४ र वाणिज्यतर्फ १२८ गरी ५२२ उद्योग खारेज हुँदा २३ उद्योगको ठाउँसारी तथा १३० उद्योगले व्यवसाय विस्तार गरेको भट्टराईको भनाइ छ । उनका अनुसार झापामा उद्योग बन्द गर्नेभन्दा नयाँ थपिनेको संख्या बढ्दै गएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयले चालु वर्षको ९ महिनामा २ करोड २१ लाख ८८ हजार ९५० रुपैयाँ राजस्व संकलन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय