काठमाडौं– बम विस्फोटमा घाइते भएका व्यक्तिलाई जिउँदै इँट्टा पोल्ने भट्टामा हालेर मारेको कसुरमा जिल्ला अदालत रौतहटबाट जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको छ ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका रजिस्ट्रार दीपक भण्डारीले आलमसहित चार जनाले बुधबार सफाइ पाएको जानकारी दिए ।

जिल्ला अदालत रौतहटले राजपुर बम काण्ड तथा त्यसपछि भएको नरसंहारको अभियोगमा उनीहरुलाई दोषी ठहर गरेको थियो।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो ।

२०८१ वैशाख १३ गते जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।

आलममाथि पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँचजनालाई इँट्टा पोल्ने भट्टामा हालेर निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेको छ । सो मुद्दामा प्रहरीले आलमलाई २०७६ असोजमा पक्राउ गरेको थियो ।

त्यसबेला आलमका भाइ मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय